२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन निर्विकल्प : आयोगले भन्यो - ' तयारीमा कुनै कमी छैन '

सोमवार , पौष ७, २०८२

निर्वाचन निर्विकल्प : आयोगले भन्यो - ' तयारीमा कुनै कमी छैन '

काठमाडौँ, पुस । प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको निर्वाचन निर्विकल्प भएकाले निर्वाचन आयोगले तयारीमा कुनै पनि कमजोरी बाँकी नराखेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जेन(जी आन्दोलनपछिको निर्वाचन भएकाले तयारीमा कुनै पनि कमी नरहेको बताएका हुन् ।

'निर्वाचनको विकल्प निर्वाचन मात्रै हो । निर्विकल्प निर्वाचन भएकोले आयोगले तयारी पूरा गरेको छ ।

तयारीमा कुनै कमजोरी छैन,' भण्डारीले भने । निर्वाचन सम्पन्न गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको पनि भण्डारीले बताए । उनले निर्वाचन सम्पन्न गराउनका लागि हुने तयारीमा केही प्रक्रियागत कुरा मात्रै बाँकी रहेको उनको भनाइ छ ।त्यस्तै, निर्वाचनमा सुरक्षा चुनौती फरक किसिमको हुने आकलन गरिएको पनि भण्डारीको भनाइ छ । 

उनले गृह मन्त्रालयले सुरक्षा प्रत्याभूति गरेको जानकारी आयोगलाई प्राप्त भएको पनि बताए । विगतमा निर्वाचन गर्दाखेरि जोखिम, उच्च जोखिम गरी निर्वाचन क्षेत्र वर्गीकरण गरिने उल्लेख गर्दै भण्डारीले यसपटक फरक हुने बताए ।

दलहरू तथा स्वतन्त्रबाट उम्मेदवारको विरोधीबीच विवाद र सुरक्षा जोखिम हुनसक्ने उनको भनाइ थियो । नयाँ र पुराना शक्तिबीचको संघर्षका कारण निर्वाचनमा सुरक्षा चुनौती हुनसक्ने उनको भनाइ थियो ।

' पहिला शान्तिपूर्ण निर्वाचन भएका ठाउँमा निर्वाचन बिथोल्ने प्रयास हुनसक्छ ।पहिला उच्च जोखिमको भनेकामा शान्तिपूर्ण हुन सक्छ,' उनले भने । सबै पक्षलाई निर्वाचनको पक्षमा लाग्नका लागि पनि भण्डारीले आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार