२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सञ्चार मन्त्रालय : ' ३ महिनाका ३० उपलब्धि सार्वजनिक'

सञ्चारमन्त्री खरेलले भने : निर्वाचनको वातावरण बनेको छ'

आइतवार , पौष ६, २०८२

 

काठमाडौँ, पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमा होमिएको दाबी गरेका छन । ठुला राजनीतिक दलले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उहाँले सो दाबी गरे ।

आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले यस्तो बताएका हुन ।

सञ्चारमन्त्री खरेलले भने, 'मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ । सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ ।'

राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उनको भनाइ छ। सञ्चारमन्त्री खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे।

उनले सरकार जेनजी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहोर्याए। आगामी फागुन २१ मा चुनाव हुने वातावरण बनिरहेको छ ।

त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ, उनले भने, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भइ नै रहेको छ ।

सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु । उक्त अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार