२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ताप्लेजुङको हिमाली बस्ती

धर्तीको स्वर्ग घुन्सा : ' चिसो बढ्यो, गाउँ छाड्छन स्थानीय '

शुक्रवार , पौष ४, २०८२

 

ताप्लेजुङ, पुस । ताप्लेजुङको हिमाली बस्ती पापुङको तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न थालेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न अर्थात चिसोबाट जोगिनलाई गाउँ छाड्न सुरु गरेका हुन् ।

मिक्वाखोला गाउँपालिका ५ पापुङको तोक्पेगोला चार हजार १०० उचाइमा रहेको छ भने फक्ताङ्लुङ गाउँपालिका ६ लेलेप, घुन्साको उचाइ तीन हजार ४७५ मिटर रहेको छ ।

जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका - ७ ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर)  पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती तोक्पेगोला हो ।

3.webp
undefined

मङ्सिर दोस्रो सातापछि तोक्पेगोला र घुन्साका स्थानीयले चिसो छल्न गाउँ छाड्न थालेका बताइएको छ । तोक्पेगोलामा बसोबास गर्दै आएका करिव डेढ दर्जन परिवारमध्ये अधिकांसले गाउँ छाडेका पापुङका स्थानीय नुपु शेर्पाले जानकारी दिए ।

याक चौंरी व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका शेर्पाका अनुसार चिसो छल्नलाई तोक्पेगोला छाडेका परिवारहरु पापुङ झरेका छन् ।

हिमाली भेग तोक्पेगोलामा चिसो अध्यधिक बढेपछि चिसोबाट जोगिनलाई त्यहाँका बासिन्दा तल्लो गाउँ अर्थात औलमा झरेका शेर्पाले बताए । यस्तै घुन्सामा बसोबास गर्दै आएका दर्जनौ परिवारले गाउँ छाडिसकेका स्थानीय पेमा शेर्पाले बताए।

flood.jpg
undefined

घुन्सामा करिव तीन दर्जन परिवारको बसोबास रहेको र चिसो बढ्न थालेसँगै चिसो छल्न यहाँका बासिन्दाको गाउँ छाड्ने क्रम जारी रहेको शेर्पाले बताए । उनको परिवारले भने करिव एक महिना पहिले नै घुन्सा छाडेका छन ।

आफन्त भेटघाटका लागि भारत जानुपर्ने भएकाले केही समय अघि नै गाउँ छाडेको उनले बताए । चिसो बढ्न थालेपछि घुन्साबाट भारत गएको र भारतमा आफन्त भेटघाटपछि अहिले काठमाडौं आएर बस्न थालेको शेर्पाले बताए ।

चिसो मौसमभर काठमाडौमै बस्ने पनि उनले बताए । चिसो छल्नका लागि घुन्सा गाउँ छाड्ने परिवार सदरमुकाम फुङ्लिङसहित काठमाडौं लगायतका ठाउँमा गएर बस्ने गर्दछन् ।

यसरी हरेक वर्ष चिसो मौसम अर्थात हिउँद याममा तोक्पेगोला, घुन्सा, फले र याङ्माका अधिकांस बासिन्दाले चिसो छल्न गाउँ छाड्ने गर्दछन् ।

चिसो छल्नका लागि गाउँबस्ती छाड्नेहरु कोठा भाडा तथा आफन्तको शरण लिएर बस्ने गरेका बताइएको छ । जाडो अर्थात हिउँद याम सकिएपछि फागुन महिनादेखि भने गाउँ छाड्नेहरु फर्कन थाल्दछन्। - गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार