२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सहकारी ठगी प्रकरण

तुलसीपुर उच्च अदालतको आदेश : ' रविलाई धरौटीमा छाड्नु '

बिहिवार , पौष ३, २०८२

 

बुटवल, पुस । सहकारी ठगी र संगठित अपराधमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न तुलसीपुर उच्च अदालत, बुटवल इजलासले आदेश दिएको छ ।

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले रविलाई धरौटीमा छाड्न आदेश गरेको हो । बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश उच्चले गरेको हो ।

उच्चले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनी निवेदनसमेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

योसँगै सो बराबरको रकम बुझाएर रवि थुनामुक्त हुने छन् । यो आदेशपछि उनी कारागारबाट रिहा हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार