२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरिको मौसम मुख्यतया सफा रहने

बिहिवार , पौष ३, २०८२

काठमाडौँ,पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले देशभरिको मौसम मुख्यतया सफा रहने देखिएको छ।

आज दिउँसोको मौसमबारे जानकारी दिँदै महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य हिमाली भू-भागमा आंशिक बदली (थोरै बादल लाग्ने) हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, देशका बाँकी भू-भागमा भने घाम लाग्ने र मौसम सफा रहनेछ।

महाशाखाका अनुसार आज राति पनि देशभरको मौसममा खासै परिवर्तन आउने छैन र मौसम मुख्यतया सफा नै रहनेछ। हिउँदको समय भएकाले वर्षा वा हिमपातको तत्काल कुनै सम्भावना नरहेको मौसमविद्हरूको भनाइ छ। मौसम सफा रहे पनि बिहान र बेलुकाको समयमा चिसो बढ्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार