काठमाडौँ, मङ्सिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।
यसैको प्रभावका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।