२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पश्चिम वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू-भाग सफा

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ,मङ्सिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

आज राती भने देशमा कुनै पनि मौसम प्रणालीको प्रभाव नरहने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार