२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' मुलुकमा पक्षपातको अन्त्य हुनुपर्दछ' : प्रधानमन्त्री कार्की

आइतवार , मंसिर २८, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छिन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् ।

समावेशी विकास र समन्यायको आकांक्षा जेन जीहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत प्रधानमन्त्री कार्कीको भनाइ छ ।

भदौ २३ र २४ गते भएको जेन- जी आन्दोलनको क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरू सबैलाई विदितै छ ।

राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेन- जीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो ।

सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ । यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्न सकोस्, प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार