२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरकाे माेैसम : पहाडी भू-भागमा आंशिक बदली, बाँकी भागमा सफा रहने

बिहिवार , मंसिर २५, २०८२

 

काठमाडौँ. मङ्सिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। 

यद्यपि, कोशी प्रदेश, मधेश प्रदेशका तराई भू-भाग र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकाका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ।

दिउँसोको पूर्वानुमान अनुसार, कोशी प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, राती देशभर मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार