२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरको मौसम आज

काठमाडौँमा बिहान तापक्रम ६ डिग्री : ' देशभरको मौसम सफा '

बुधवार , मंसिर २४, २०८२

 

काठमाडौँ, मङ्सिर । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार