२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दार्चुलाको घुसा आसपास गयो ४.६ रेक्टर स्केलको भूकम्प

आइतवार , मंसिर २१, २०८२

काठमाडौँ। दार्चुला जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिएका छन्।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो। यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार