काठमाडौँ, मङ्सिर । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन ।
नेपाल-जापान सम्बन्धको ७० औं वर्षगाठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि उनले शिष्टाचार भेट गरेका हुन ।
सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याए ।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग(सद्भाव रहने विश्वास व्यक्त गरे।