२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरकाे मौसम : ' सामान्यतया सफा रहने '

काठमाडौँ उपत्यका : न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुग्यो

शुक्रवार , मंसिर १९, २०८२

 

काठमाडौँ, मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार