२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

काठमाडौँ उपत्यका : ' आज दिनभर आंशिक बदली हुने '

बुधवार , मंसिर १७, २०८२

 

काठमाडौँ, मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार