२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको उद्देश्य तोकेको समयमा निर्वाचन : गृहमन्त्री अर्याल

मंगलवार , मंसिर १६, २०८२

 

काठमाडौँ, मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताएका छन ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउन सरकारले काम गरिरहेको बताएका छन ।

उनले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताए ।

जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो । सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उनले भने “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

हिंसा र अराजकता रोकथाम, नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रलाई परिचालन गरिरहेको उनको भनाइ थियो । मनोवैज्ञानिक चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दै गृहमन्त्रीले भने,' सबै राजनीतिक दल, नागरिकलाई आह्वान गर्न चाहन्छु की देश बनाउने अभिभारा सबैको हो ।

सुरक्षा बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की लगायतले बोलेका थिए । सुरक्षा बैठकमा गृह सचिव, चारवटै सुरक्षा निकायका प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार