२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्वाचन

कावा प्रमुख भण्डारीले भने : ' सम्पन्न गर्न कम्मर कसेर लागौँ '

अब समानुपातिक निर्वाचन प्रक्रियाका काम शुरु गरिने '

सोमवार , मंसिर १५, २०८२

 

काठमाडौं, मङ्सिर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउनका लागि कम्मर कसेर लाग्न निर्देशन दिएका छन्।

सरकारले आगामी फागुन २१ गते लाई प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ। सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरू शुरु हुने जानकारी दिए।

उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरिसकेका व्यक्तिहरूबाट सुझाव लिएर काम गरेमा कठिन नहुने बताए।

उनले भने, ' यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरूले काम गर्ने सन्दर्भमा अलि झन्झिटिलो पनि मान्नुहोला। तर यो सूत्र र फर्मूलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिए र ती व्यक्तिहरूबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्यो भने कठिन छैन।

कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस्। उनका अनुसार संवैधानिक व्यवस्था बमोजिम नेपालमा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी दुई वटा निर्वाचन प्रणाली रहेका छन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले उम्मेदवारको लिस्ट पेस गर्ने, सो बमोजिम विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र अन्तिममा विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधिसभामा प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्थालाई अङ्गीकार गर्दै निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार