२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री कँडेलले भने : ' बेथिती रोक्न सरकार लागेको छ '

सोमवार , मंसिर ८, २०८२

 

कालीकोट, मङसिर। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भष्टाचार र बेथिती रोकेर सुशासन कायम गर्नमा प्रदेश सरकार लागिपरेको बताएका छन ।

मुलुकको प्रचलित कानुनलाई साक्षी राखेर गरिने बिद्रोहमा युवालाई साथ दिने उनले बताए । युवा बिरोधी कुनै पनि सरकार नभएको भन्दै सत्य कुरामा युवाको मागलाई प्रदेश सरकारले सधै समर्थन गर्ने बताए ।

मुख्यमन्त्री कँडेलले जेनजीको नाममा भएको भदौ २३ र २४ गतेको अराजक आन्दोलनलाई समर्थन गर्न भने नसकिने बताए । 

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा सोमबार मुख्यमन्त्री कँडेलले शिक्षा, स्वास्थ्य, बिकास र रोजगारीका लागि प्रदेश सरकारले आफ्नो स्रोतअनुसार काम गरिरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार