२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौँ उपत्यकामा चिसो बढ्दै : ' न्यूनतम तापक्रम ७.८ डिग्री'

आइतवार , मंसिर ७, २०८२

 

काठमाडौँ,  मङ्सिर। काठमाडौँ उपत्यकामा हिजोको तुलनामा आज (आइतबार) चिसो झन् धेरै बढेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाको आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।

हिजो शनिबार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो। महाशाखाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार