२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरका भूभागमा मौसम सफा रहने, कोशी र गण्डकीमा आंशिक बदली

आइतवार , मंसिर ७, २०८२

काठमाडौँ, मङ्सिर। महाशाखाले दिएको जानकारी अनुसार, हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी सबै भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति समेत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार