२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दुबई एयर शो - २०२५

प्रदर्शन उडान : भारतीय लडाकु विमान दुर्घटना- ' पाइलटको मृत्यु '

शुक्रवार , मंसिर ५, २०८२

 

दुबई, मङ्सिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।

दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

सामाजिक सञ्जालमा प्राप्त भिडियोमा विमान एकाएक सीधा जमिनतर्फ खस्दै गएको र त्यसपछि ठूलो आगो र कालो धुवाँ उठेको देखिन्छ।

पीटीआईका अनुसार विमान दुबईको अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर शोको नियमित प्रदर्शन उडानमा सहभागी थियो। भारतीय वायुसेनाले घटनाको विस्तृत जाँच सुरु गरेको जनाएको छ। साभार : गाेरखापत्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार