२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय सुरक्षा परिषद् बैठक

प्रतिनिधिसभा निर्वाचन : ' सेना परिचालनकाे सिफारिस '

बिहिवार , मंसिर ४, २०८२

 

काठमाडौँ, मङ्सिर। राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस गरेको छ ।

परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

'२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय भयो' परिषद्का सदस्यसचिव सुमनराज अर्यालले  सञ्चारकमीर्लाइ  भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार