२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको प्रमुख कार्यभार - " तोकिएकै मितिमा निर्वाचन "

बिहिवार , मंसिर ४, २०८२

 

काठमाडौँ, मङ्सिर। सरकारको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन ।

माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देशन दिदै मन्त्री अर्यालले यस्तो बताएका हुन । उनले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक स्रोत साधनका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रममा अर्थ मन्त्रालयले सहजीकरण गरेको भन्दै मन्त्री अर्यालले थपे, अर्थ मन्त्रालयलाई धन्यवाद दिन्छु।'

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र सङ्घीय मामिला मन्त्रालयले दिएका सुझावलाई मन्त्रालय मनन गरेर कार्यान्वयनमा ल्याईने मन्त्री अर्यालले बताए ।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरेर काम गर् समेत निर्देश गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार