२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेश प्रदेशसभा बैठक : ' सभामुख मण्डलविरुद्धको प्रस्ताव पारित'

बुधवार , मंसिर ३, २०८२

 

जनकपुरधाम, मङ्सिर। मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ।

मधेश प्रदेश सभाको बुधबारको वैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले प्रस्तुत गरेको उक्त प्रस्ताव माथि मतदान हुँदा पक्षमा नेपाली काँग्रेससहित सात राजनीतिक दलका प्रदेश सभा सदस्यहरुले मतदान गरेका थिए ।

प्रस्तावको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। मधेश प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यमध्ये ७६ ले उक्त प्रस्तावको पक्षमा मत दिएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो।

प्रस्तावको विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरेका उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभाको बैठकमा घोषणा गरेकी थिईन ।

आजकै बैठकमा प्रदेश सभाका पाँच जना सदस्यलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरेका उपसभामुख बविताकुमारी राउत ईशरले बैठकमा पढेर सुनाएकी थिईन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार