२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जेन - जी प्रदर्शन

सरकारले गर्यो चोटपटकका आधारमा- ' घाइतेको वर्गीकरण '

घाइतेकाे अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन

शुक्रवार , कार्तिक २८, २०८२

 

काठमाडौँ, कात्तिक । सरकारले जेन - जी प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार,  प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको हाे । उनका

मन्त्रालयका  अनुसार घाइतेहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ ।

सरकारले यही वर्गीकरणका लागि मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।

घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।

वर्गीकरण अनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराउने सरकारी तयारी छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ ।

जेन - जी प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार