काठमाडौँ, कात्तिक । मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले उल्ट्याएकी छन्।
आफूविरुद्ध प्रदेशसभामा ' पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।
उपसभामुख राउतले उनीहरु २२ गतेको विश्वासको मतसम्बन्धी निर्णयको छलफलमा भाग लिएको भिडियो र फोटोसमेत भएको भन्दै बदर गरेकी हुन् ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा०)