२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

पछिल्लो तीन महिना : ' साढे ४ खर्ब रुपैयाँको वस्तु आयात '

निर्यात : ७२ अर्ब

आइतवार , कार्तिक ९, २०८२

 

काठमाडौँ, कात्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।

भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अविधमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ भने आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार