२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विश्वकर्मा पूजा आज : ' सवारी साधन तथा मेसिनरीकाे पूजा गरी मनाइँदै '

बुधवार , आश्विन १, २०८२

 

काठमाडौँ, असोज । आज प्रविधि र शिल्पका देवता  बिश्वकर्माको पुजा गरी मनाइँदेछ । सनातन धर्ममा विश्वकर्मालाई विशेषगरी प्रविधि र शिल्पका देवता मानिदै आएको छ ।

विश्वकर्मा पूजामा सवारी साधन, कलकारखाना, उद्योग र मेशिनरी सरसामग्री रहने कार्यालयमा विशेष पूजा गर्ने गरिन्छ । विश्वकर्मा पूजाका लागि सामग्री किन्नेहरुको भीडभाले बजारमा मानिसको चहलपहल पनि देखिन्छ ।

असोज सङ्क्रान्तिका दिन भएकाले प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले आज विश्वकर्माको पूजा - आराधना गर्ने गर्छन् । यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् ।

विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा- आराधना गर्छन् । पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठुला वास्तुविद् भएको उल्लेख छ ।

द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार