२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आज  पहिलो खण्डग्रास चन्द्र लाग्दै

आइतवार , भाद्र २२, २०८२

काठमाडौँ, भदौ ।वि सं २०८२ को  आज  पहिलो खण्डग्रास चन्द्रग्रहआइतबार  खण्डग्रास लाग्दैछ । । २०८२ सालकै फागुन १९ गते मंगलबार पनि चन्द्रग्रहण नै लाग्दैछ । एकै वर्ष दुई वटा चन्द्रग्रहण लाग्ने भएकाले निकै महत्वका साथ हेरिएको छ । आइतबार लाग्ने पहिलो चन्द्रग्रहण तीन घण्टा ३० मिनेट लामो हुनेछ ।

राति १० बजेर ११ मिनेटमा शुरू हुने चन्द्रग्रहण राति ११ बजेर १५ मिनेटमा सम्मीलन, राति ११ बजेर ५६ मिनेटमा मध्य, राति १२ बजेर ३८ मिनेटमा उन्मीलन, राति १ बजेर ४१ मिनेटमा  समाप्त हुनेछ । 

नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण युरोपबाट  ग्रहण देख्न सकिने दाबी गरिएको छ ।

ग्रहण बेलामा के-के गर्नु हुँदैन ? 

विज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानू भनेको छ ।  ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नुपर्छ।

;ग्रहण लागेका बेलामा सुतेमा रोग लाग्छ, दिसा-पिसाब गरेमा दरिद्र हुन्छ, त्यसपछि दिसा-पिसाबको  किटाणु योनीमा जन्म हुन्छ, मैथुन गर्नु हुँदैन  मान्यता छ । शृङ्गार वा गाजल लगाएमा  गर्नु हुँदैन ।

चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ ।
 साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने मान्यता छ ।

 ग्रहणको बेलाफूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

राशि अनुसार ग्रहणको प्रभाव पनि फरकफरक हुन्छ ।मेष, वृष, कन्या र धनु राशि भएकालाई शुभ रहेको भने ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि ग्रहणको फल राम्रो हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार