२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

नेता निधिले भने : 'विकास निर्माणका काममा एमालेकाे अवरोध '

शनिवार , आषाढ २१, २०८२

 

जनकपुरधाम, असार । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विकास निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको जानकारी दिएका छन ।

नेता  निधिले जनकपुरधाममा राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवन बनाउन एमालेका दुई सांसदले अवरोध गरेको बताए ।

उनले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताए । आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार