२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आगामी अर्थिक वर्षको बजेट

कृषि तथा पशुपन्छी क्षेत्र : ' ५७ अर्ब ४८ करोड विनियोजन '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत  आगामी अर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्ब ४८ करोड रुपिया विनियोजन गरिएको छ ।

जसमा रासायनिक मल खरिदमा अनुदान, प्राङ्गारिक मलमा किसानलाई प्रोत्साहनदेखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम सम्मका योजनाहरु रहेका छन् कृषि, पशुपन्छी र मत्स्य बिमा कार्यक्रम, चैते धान प्रवद्र्धन कार्यक्रम, साना सिँचाइमार्फत सिचित क्षेत्र विस्तार कार्यक्रम, मध्यपहाडी लगायत प्रमुख राजमार्ग र रोड कोरिडोर लक्ष्ति राष्ट्रिय फल सुन्तला, व्यवसायिक फलफुल, तरकारी र भेडार बाख्रा र गाई÷भैसी प्रवर्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै उच्च पहाड लक्षित सुन्तला, स्याउ, ओखर, याक, चौरी प्रवर्धन, हिउँदे मकैरमध्य पहाडी मकै उत्पादन र मकै बीउ उत्पादन कार्यक्रम, रैथाने बाली प्रवर्धन  कार्यक्रम, स्थानीय तथा रैथाने बालीरबीउको जात दर्ता सहजीकरण कार्यक्रम, कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैक सुदृढिकरण कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जोन÷सुपरजोन क्षेत्रमा क्षेत्रफल विस्तार र उत्पादन वृद्धि कार्यक्रमलाई प्राथामिकतामा राखिएको छ ।

त्यसैगरी, प्राङ्गारिक कृषि प्रवर्धन र माटो स्वास्थ्य सुधार अभियान सञ्चालन गर्ने, कृषि उधमशिलतालाई प्रवर्धन गर्ने, मासु निर्यातका लागि पाडारपाडीपालन र भैँसीरराँगा उत्पादन प्रवर्धन कार्यक्रम, महामारीजन्य पशु रोग र खोरेत रोग नियन्त्रण कार्यक्रम र पशुनश्ल सुधारलाई बजेटले प्राथमिकता दिएको छ  ।

किसान सुचिकरण कार्यक्रम, स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि एक गाँउ एक प्राविधिक कार्यक्रम, विषादी चेकजाँचको दायरा विस्तार र विषादी प्रयोग सम्वन्धी सचेतना कार्यक्रम, बुटवलस्थित सेमलारमा क्षेत्रीयस्तरको आधुनिक कृषि बजार निर्माण, सङ्घीय कृषि बजारहरुको स्तरोन्ती र स्थानीय तहहरुमा कृषि उपज हाटबजार, सङ्कलन केन्द्र, कोल्ड चेम्वर तथा प्रशोधन संरचना निर्माण, वालीको न्युनतम समर्थन मूल्य निर्धारण र कार्यान्वयन, बीउ विजन उत्पादन, आपूर्ति तथा वितरण व्यवस्थापन कार्यक्रम, निर्यात जन्य बाली वस्तुहरु जस्तैः चिया, कफी, अलैँची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजिकरण गर्ने, कृषि, पशुपन्छी र खाध प्रयोगशालाको स्तरोन्नती गर्ने, बाँझो जमिन सदुपयोग गर्ने जस्ता कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार