काठमाडौँ, वैशाख । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन ।
नेपाल भाषा, एकेडेमीद्वारा आज यहाँ आयोजित नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए ।
उप्रधानमन्त्री सिंहले भने, सम्पदाका रुपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ ।
काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गरे ।