२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

म्यानमार भूकम्प :'ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो '

शनिवार , चैत्र १५, २०८१

 

मन्डाले, चैत । म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । भूकम्पमा परी १ हजार ७ जनाको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । भूकम्प घाइतेको संख्या २ हजार ३८९ पुगेको छ । जुन्टा सरकारका अनुसार ३० जना बेपत्ता छन् ।

भूकम्पको केन्द्रबिन्दु मन्डाले क्षेत्रको एक भवनमा कम्तीमा ९० जना फसेका बीबीसीले जनाएको छ । भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा पनि केही मानिसले ज्यान गुमाएका छन् । थाई उपप्रधानमन्त्री अनुतिन चार्नविराकुल भग्नावशेषमा फसेका कम्तीमा १५ जना मानिसको जीवितै उद्धारको प्रयास भइरहेको जनाएका छन् ।

उनका अनुसार कम्तीमा सय जना हराइरहेका छन् । शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

युएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट १७ किलोमिटर टाढा पर्छ । मन्डाले सहरमा करिब १५ लाखको बसोबास छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार