२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 काठमाडौँको बसन्तपुरमा  चीर ठड्याईयो  : " चिरोत्थानसँगै होली  पर्व सुरु "

शुक्रवार , फाल्गुण २३, २०८१

 

काठमाडौँ, फागुन  । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । यसै अवसरमा शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ । 

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोका दरबार अगाडी चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ । 

यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए । 

यस वर्षको होली पर्व भने फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएर होली मनाइने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार