२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘ स्वास्थ्य बिमा रकम पाँच लाख पु-याउन स्रोत खोज्दै’

शुक्रवार , पौष १९, २०८१

 

काभ्रेपलाञ्चोक, पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पु(याउन स्रोतको खोजी भइरहेको बताउनुभएको छ । 

आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४औँ केन्द्रीय सभाको उद्घाटन गर्दै बिमा रकम पाँच लाख पु(याउन  विज्ञसहितको सुझाव समिति गठन गरिएको बताउनुभएको हो ।

“विज्ञ टोलीले आजमात्रै सुझाव प्रतिवेदन बुझाएको छ, त्यसलाई कसरी कार्यान्वन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले गर्न सक्ने विषयमा सरकारले निर्णय गरेर कार्यान्वन गर्ने बताउनुभयो ।

“क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ, कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ”, उहाँले भन्नुभयो । 

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाको ट्रेजरी झण्डै रु एक खर्बको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट व्यवस्था गरिएको स्थिति छ ।” 

स्वस्थ कर कोष रु छ अर्बको रहेकाले त्यसलाई रु १८ अर्ब बनाउनेबारे प्रस्ताव गरिएको उहाँको भनाइ छ  । 

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिनसक्ने गरी सेवा विस्तार गरेको बताउनुभयो । 

मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगिताका लागि नागरिक आफैँले के गर्न हुने÷नहुने भन्नेबारे ‘निरोधात्मक चेतना विस्तार अभियान’ सञ्चालन गर्ने उहाँले जानकारी गराउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार