काठमाडौँ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओेलीले बुद्ध जन्मिएको स्थानमा ध्यान अनिवार्य भएकाले लुम्बिनीमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिएको बताएका छन् ।
हल निर्माणपछि अन्तर्राष्ट्रियस्तरका ध्यान र सम्मेलन आयोजना गर्न सम्भव भएको बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला २०७३ सालको बुद्ध जयन्तीमा लुम्बिनी आएका बेला हुरीले कार्यक्रम स्थलको टेन्ट उडाएको सम्झना गर्दै तत्काल ३ हजार जना अट्ने अस्थायी हल निर्माण गरेको सम्झना गरे ।
दोस्रोपटक प्रधानमन्त्री भएका बेला २०७४ सालमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सेमिनार हल निर्माणका लागि बजेट विनियोजन गरेर निर्माण प्रारम्भ गरेको उनले सुनाए ।
ुहललाई ठिक लोकेसनमा बनाइएको छ,ुउनले भने, ुजहाँ बुद्धको कुरा हुन्छ, त्यहाँ ध्यान हुनैपर्छ । त्यसैले यो हल ठिक छ ।ु
लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार आयोजित २० औं वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोहमा बोल्दैओलीले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको केन्द्र भएको बताएका छन् ।
बुद्ध दर्शनको मुहानमा हामी रहेकाले यसको विस्तारमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताए । उनले बुद्धका शिक्षा पालनामा जोड दिए । बुद्ध दर्शनको सारतत्व सत्य भएकाले सत्यको पालनामा जोड दिए ।
समारोहमा भनाई राख्दै ओलीले सम्पूर्ण दीक्षित विद्यार्थी बुद्ध शिक्षाका अनुयायी र अध्येता भएकाले बुद्वका शील, उपदेशलाई आफ्नोे जीवनमा सबैभन्दा पहिले लागू गर्नुपर्ने बताए ।
कुलपतिको हैसियतले विश्व विद्यालयले प्रदान गर्ने उपाधि हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको उनले बताए । बौद्ध धर्म प्रचारक धम्मावती गुरुमालाई पहिलो मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्न पाउँदा हर्ष लागेको बताए ।
विभिन्न तहमा सर्वोत्कृट भएर स्वर्णपदक हासिल गर्ने र विश्वविद्यालयका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर बिजयी छात्रछात्रालाई बधाई दिए ।