२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हाइपरसोनिक क्षेप्यास्त्र  : ' भारतले गर्यो पहिलो  पटक  परीक्षण '

उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण 

आइतवार , मंसिर २, २०८१

 


नयाँदिल्ली, मंसिर । आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।  प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो । 

नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ । 

त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ ।

यसअघि अमेरिका, रुस, चीन र उत्तर कोरियासले हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिसकेका छन् । अन्य केही देशले पनि यो प्रविधि विकसित गरिरहेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नयाँ सफलताका हासिल गरेको जनाउँदै यसमा योगदान पुर्‍याउने टोलीको प्रशंसा गरेका छन् । 

' भारतले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक उडान परीक्षण गरेर ठूलो कोसेढुंगा हासिल गरेको छ,' सिंहले विज्ञप्तिमा भनेका छन् ।

भारतले परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्र शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिन्छ । 

यो ऐतिहासिक क्षण हो र यस्ता उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका राष्ट्रहरूको समूहमा राखेको छ,' सिंहले भनेका छन् ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५एु लडाकू विमान र आक्रमणका लागि प्रयोग हुने गरिने अत्याधुनिक ड्रोनको प्रदर्शनसहित विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि भारतले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

चीनको प्रदर्शनमा बलिस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ' ग्लाइड' क्षेप्यासत्र रोक्न बनाइएको ' एचक्यू- ज् १९ ' क्षेप्यास्त्र प्रणाली समावेश गरिएको थियो ।

नयाँ दिल्लीले हालैका वर्षहरूमा अमेरिका, जापान र अष्ट्रेलियासँग ' क्वाड'  गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ । 

अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद रुसले -' एस–४००' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो । 
स्रोत : विभिन्न एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार