काठमाडौँ, कात्तिक । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहल पहल देखिन्छ ।
विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहल पहल देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ ।
रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौँ उपत्यकामा चहल पहल बढेको हो ।
राति नौ बजेपछि देखि नै सुनसान प्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहल पहल देखिएको छ ।
काठमाडौँ उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहल पहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् ।
कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ ।
पसलमा आगलागी, चार लाखको क्षति
यसैगरी काठमाडौँ महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हँदा रु चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस