२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

तलेजु भवानी  :  महानवमीमा मात्र खुल्ने,  आज भक्तजनको भिड - ' हेरौँ तस्बिरहरु ' 

शुक्रवार , आश्विन २५, २०८१


काठमाडौँ, असोज  । वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार (आज) मात्र खुल्ला हुने गर्दछ । 

दसैँको महानवमीका दिन तलेजु भवानीको दर्शनार्थ बिहानैदेखि लाइन लागेको थियो ।

कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । 

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो ।  मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।


साभार :  गाेरखापत्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार