२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हरितालिका तीज पर्व  : ' वर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन '

शनिवार , भाद्र २२, २०८१

 

काठमाडौँ, भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । 

सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहान मात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । 

भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछिमात्र भोजन गर्ने गर्छन् ।

बिहीबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । 

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नानगरी अरुन्धतीसहित सप्तऋषिको पूजागरी तीज समापन हुन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । रासस

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार