२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मुक्तिनाथ कृषि कम्पनी

कृषि क्षेत्रको विकास  :  प्रधानमन्त्री ओली समक्ष १० बुँदे सुझाव पेश

सोमवार , श्रावण २८, २०८१

 

काठमाडौँ, साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझाव पेश गरेको छ । 

मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले र प्रबन्ध संचालक भरतराज ढकालले सोमबार प्रधानमन्त्री शर्मालाई भेटेर १० बुँदे सुझाव पेश गरेका हुन ।  
 
सरकारले घोषण गरेको कृषिमा लगानी दशक अनुरुप नीजि क्षेत्रको लगानी आकार्षित गर्ने उद्धेश्यले उक्त सुझाव पेश गरेको अध्यक्ष काफ्ले जानकारी दिए ।  

सरकारले प्रदेश तथा क्षेत्र स्तरीय खरीद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाहरुको विकासमा लगानी गरी नीजि क्षेत्रलाई प्रतिश्पर्धात्मक रुपमा संचालन र व्यवस्थापनको लागि जिम्मेवारी दिन सुझाव पत्रमा उल्लेख छ । 

बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, बालि र स्थान अनुसारको उत्पादन क्यालेन्डरको विकास र खरीद सुनिश्चतताको व्यवस्था मार्फत सामुहिक तथा व्यवसायिक उत्पादनलाई प्रोत्साहित गर्ने सुझाव रहेको छ ।   

सार्वजनिक नीजि सहकारीको साझेदारीमा “एक स्थानिय संरचना (निकाय), एक कृषि परियोजना” को विकास गरी ग्रामिण क्षेत्रका स्थानिय पालिकाहरुलाई उत्पादन प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानिय पालिकाहरुलाई भण्डारण तथा वितरणमा लाग्न नीतिगत व्यवस्था गर्न सुझाव दिइएको छ ।  

रासायनिक मलको दिगो व्यवस्थापनको लागि मध्यपूर्वी देशमा उत्पादनमा लगानी साझेदारी गर्ने वा ती देशहरुमा खाद्यान्न निर्यातको ग्यारेन्टि गरी परिपूर्ति गर्ने वा निजी क्षेत्रका पब्लिक कम्पनी स्थापना गरि आयात, भण्डारण र वितरणको जिम्मा दिने सुझाव रहेको छ । 

बीउ, नश्ल र दाना (सिड, ब्रिड र फिड) को अनुसन्धान, विकास र उत्पादनमा लगानी गर्ने विशिष्टकृत पब्लिक कम्पनीहरुको स्थापनाको लागि लाइसेन्स जारी गर्ने तथा स्थापना भइसकेका कम्पनीहरुको आवश्यक प्रवद्र्धन र नियमनको व्यवस्था गर्ने लगायतका सुझाव रहेका छन् । 

उक्त सुझावमा विभिन्न विज्ञ तथा सरोकारवालाहरुको बिचमा विस्तृत प्रस्तुतीकरण र छलफलको लागि जुनसुकै समयमा पनि कम्पनी उपलब्ध रहने सुझावमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार