२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'राष्ट्रिय एकतालाई लोक-संस्कृतिले सुदृढ बनाउछ ' :  राष्ट्रपति पौडेल

मंगलवार , श्रावण १, २०८१

 

काठमाडौँ, साउन । राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन । 

धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति कार्यालयमामा आयोजित जनक विकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे । 

“लोक कलाकार तथा लोक-संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक(साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उनले बताए। 

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भने। 

“हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवर्द्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने। 

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, सङ्गीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवर्द्धनमा उनको योगदान नेपाल र नेपालीले कहिल्यै नबिर्सने बताए । 

सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार एल पी जोशीलाई प्रदान गरे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार