२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ  सत्ता समीकरण

एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो  :  " राष्ट्रपति कार्यालयमा पत्र '

मंगलवार , आषाढ १९, २०८१



काठमाडौँ, असार ।  नेपाल कम्युनिष्ट पार्टी एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 

एमाले–कांग्रेसको सत्ता समीकरण गर्ने सहमति भएपछि  सरकारलाई दिएको समर्थन फिर्ता लिएको  हो । 

सो दलले सरकारलायृ दिउको समर्थन फिर्ता लिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ । एमालेले राति नै राष्ट्रपति कार्यालय, शितलनिवासमा समर्थन फिर्ताको पत्र पठाएको  एमाले स्रोतले बताएको छ ।   

समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंकर पोखरेल आफैँ राष्ट्रपति कार्यालय पुगेका थिए । 

कांग्रेस एमालेबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएपछि एमालेले त्यसको जानकारी प्रधानमन्त्री प्रचण्डलाई पनि गराइसकेको छ । 

जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछन् ।

प्रतिनिधि सभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन् । नेताहरूले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग पनि परामर्श गरेका छन् । 

दाहाल नेतृत्वको सरकार विस्थापित भएपछि धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ ।

ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । 

खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए। 
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार