२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा  बैठक 

 कांग्रेस सांसदको माग :  ' सहकारी पीडितलाई न्याय दिन संसदीय छानबिन समिति गठन गरौँ '

सोमवार , चैत्र १९, २०८०

 

काठमाडौँ, चैत । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन । । 

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरकी हुन ।  

सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो । 

“आजभोलि सहकारी पीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताए ।  

फुटपाथमा व्यवसाय गर्ने उनले सहकारीमा जम्मा गरेको रकम डुबेछ”, उनले भने, “ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताए । ” 

सांसद गौतमले सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उनले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको बताए ।  

उनले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

उनले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गरे ।  

सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा  लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए । उनले  सहकारी पीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ । 

उनले सहकारी पीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताए । 

जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार