२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल 

कांग्रेसले भन्यो  : " सहकारीका ठगीकाे रक्षा प्रधानमन्त्री र प्रहरीले गरे "

' प्रतिपक्षले बारम्बार उठाइरहेका कुराहरू गम्भीर छन् '

आइतवार , चैत्र १८, २०८०


काठमाडौँ, चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसको तर्फबाट धारणा राखेका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताए ।
सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । 

प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो । ' प्रतिपक्षले बारम्बार उठाइरहेका कुराहरू गम्भीर छन् ।' 

प्रधानमन्त्रीको जवाफ र प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले संशय पैदा भएका छन् कि यसको न्याय निरुपण कसरी हुन्छ ? 

प्रधानमन्त्रीले ठूलो माछाको छानबिन गर्छु भन्ने अनि ठूलो माछा काखीमा च्यापेर साना माछाको मात्रै खोजी गर्ने कुरा प्रतिबद्धता देखाएर मात्रै पुग्छ ?, उनले भने । 

प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री भएको गौतमले बताए ।

गोरखा मिडिया नेटवर्कमा पोखरा, बुटवल र चितवनलमा रहेका सहकारीबाट ९० करोड रकम ल्याएको पनि गौतमले दाबी गरे ।

कांग्रेसले सहकारी ठगीको कुरा जनतामा लाने र सरकारले माग नसुने संसद् अवरोध गर्न पनि बाध्य हुने गौतमको भनाइ थियो ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार