काठमाडौँ, चैत । प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्दै कांग्रेसले प्रतिनिधिसभाको वेल घेर्न बाध्य नपार्न चेतावनी दिएको छ ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पटक-पटक जवाफको माग गर्दा पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै प्रतिनिधिसभाको वेल घेराउ गर्ने चेतावनी दिएका हुन् ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,'प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ ।
'प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन शोभनीय मानिदैन ।बजेटसम्बन्धि विषयमा सदन रोक्न चाहन्नौं ।'
प्रमुख सचेतक लेखकले कुनै मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताए । 'आज पनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ ।'
'प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न ।के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो । वेलमै बोलाएको हो भने बाध्य नपारियोस्' प्रमुख सचेतक लेखकले भने ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।