२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जाजरकोट भूकम्प 

रुकुम पश्चिम   : ' ३१ हजारले पाए पहिलो किस्ता, अस्थायी आवास निर्माण '

शनिवार , फाल्गुण १९, २०८०

 

त्रिवेणी (रुकुमपश्चिम), फागुन । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । 

अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ता बापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । 

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार ७३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार ६६० लाभग्राहीले पहिलो किस्ता बापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।  

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार ७४७, चौरजहारी नगरपालिकामा छ हजार २६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार ६४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रजिअ बढुवालले छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए ।  

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार  ९६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ९० लाख ५० हजार पठाएको छ । 

जिल्लामा हालसम्म २८ हजार ३३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन भने तीन हजार ४४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए । 

अब जिल्लामा पहिचान भएका एक हजार १३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार