काठमाडौँ, मङ्सिर । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।
सो छानविन समितिमा प्रधानमन्त्री दाहालले आफ्ना विश्वास पात्र ब्यक्ति मात्र राखेको गुनासो आउन थालेको छ ।
स्रोत भन्छ, प्रधानमन्त्री दाहालले प्रतिवेदन तयार गर्दा आफ्नो अनुकुल तयार पार्ने, छानविनमा सूचना बाहिर जान नदिने र ' बार्गेनिङ् पावर' बलियो बनाउने खेल रचेका हुन ।
अहिलेसम्म प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीको इशारामा यस्ता छानविन गर्ने र एमाले समर्थित ब्यक्ति तानिएमा बचाउने गरेको र अहिले पनि त्यही गर्ने गरी समिति बनेको स्रोतले बतायो ।
समिति बनाएको बिषयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी हुन ।
उनले शेयर खरिद-बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिएकी छन ।
समितिलाई ३० दिनको समय दिइएको छ । छानविन भने कारवाही गर्नेभन्दा प्रतिवेदन अनुकुल बनाएर चोख्याउने गरी आउँछ भन्ने शैका रहेको स्रोतको भनाई छ ।
साितिमा पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल) को संयोजक रहेका छन । उनको जागीरकालमा भएका कामको नै मूल्याङ्कन गर्नुपर्ने ब्यक्ति रहेको र प्रधानमन्त्री दाहाल निकटका रहेको सैोतले बतायो ।
सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो ।