२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

सत्तारुढ दलका सांसद बाहिरिए : " भ्रष्टाचार छोप्ने ऐन संसद्मा ल्याउन रोकियो "

'केही नेपाल ऐनलाई संशोधन विधेयक, २०८० प्रस्तुतको तयारी '

मंगलवार , भाद्र १२, २०८०

 

काठमाडौँ, भदौ । सत्तारुढ दलका सांसदहरू हाजिरी गरेर प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गणपुरक संख्याको माग गरेका थिए ।

सो ऐनबारे नेपाली कांग्रेसका  महामन्त्री तथा सांसद गगन थापाले विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको  बताएका थिए । यसैबीच सांसद थापाले २०७४ पछिको बिधेयक भएकाले त्यो भारी नबोक्न मन्त्री धनराज गुरुगलाइ भनेका थिए । 

गणपुरक संख्या निर्धारण गर्न तीन मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सांसदहरूको उपस्थिति गणना गर्दा ५९ सांसद मात्रै संसद् बैठकमा उपस्थित थिए । प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण सदस्य संख्याको एक चौथाई अर्थात् ६९ सांसद उपस्थित हुनैपर्छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरूको कुर्सी खाली थिए । सत्तापक्षका सांसदहरू बैठक छोडेर बाहिरिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार