चितवन, जेठ । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो ।
उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएका छन । पर्यटन क्षेत्रमा चार दशक पार गरेका उनी पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुटेका हुन ।
उनले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गरेका छन । सँगै ¥याफ्टिङ, ढुङ्गालगायतका जलक्रिडाका गतिविधिमा उनको लगानी छ ।
¥याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गर्नुभएका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा ¥याफ्टिङ चलाएका छन । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘¥याफ्टिङ’ चलाएको अनुभव उनीसंग छ ।
सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उनी लागेका हुन । उनले भने, “चार वर्ष जागिर खाएपछि म ¥याफ्टिङतर्फ आकर्षित भए ।”
सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा ¥याफ्टिङमै उनले जागिर खाए । यही क्रममा सिलसिलामा उहाँ तालिमका लागि अमेरिका पुगे ।
अमेरिकाको तालिमसँगै विभिन्न देशमा उनले ¥याफ्टिङमा जागिर खाए । यही क्रममा भारतमा ¥याफ्टिङको सुरुआत आफैँले गराएको उहाँको दाबी छ । उनले भने “भारतमा सुरुआत गर्ने मै हो । नेपालमा हामीले ¥याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम ग¥यौँ ।”
नेपाल फर्किएर उनले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याए । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ ।
शुक्रबार साँझ सुकुटेबीच पुग्नुभएका गैँडाकोटका पत्रका गोविन्द घिमिरेले भने, “मलाई त विदेशको कुनै देश पुगेको जस्तो अनुभव भयो । ” साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उनले सुनाए ।
थापा ¥याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उहाँको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो । सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ ।
माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भने, “एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।”
प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ ।
उनको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उनले बताए ।
यस्तै हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उनको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० ¥याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उहाँले जानकारी दिए ।
माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा हुनुहुन्छ । उनले भने, “नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् ।”
बर्सेनि रु तीन चार अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उनले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताए ।
उनले भने, “हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।” विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उनका तीनवटै रिसोटमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।
सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उनले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताए । रासस