विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोभिड–१९ अब ूविश्वव्यापी स्वास्थ्य आपत्कालूको रूपमा नरहेको घोषणा गरेको छ। उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा मुख्य कदम ठानिएको छ।
डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो। अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को ज्यानुअरीमा एक लाख भन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ। सबैभन्दा लामो समय ५०५ दिनसम्म कोरोनाभाइरस सङ्क्रमित बने ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन्।
तर उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालिन अवस्थालाई पुनस् व्युँताउन सकिने बताए।
“हिजो आपत्कालिन समितिको १५औँ वैठक भएको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस गर्यो। त्यसलाई मैले स्विकारेँ,” डा। गेब्रेयससले भने। “त्यसैले मैले निकै आशाका साथ कोभिड(१९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु।”
कोरोनाभाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त सङ्ख्या खासमा तीन गुणा बढी हुनसक्ने टिप्पणी गरे।
- बीबीसीबाट